Razen Manandhar

A high-level foreign delegate visits a top-level political leader, a candidate for the prime minister’s post, at the latter’s residence in Kathmandu to discuss on the importance of political commitment on ensuring the rights of children. The leaders make a 12-year-old girl child labourer greet the delegate with a cup of tea. No matter who says what, this evidence reveals the reality of the elimination of child labour in Nepal.

It is grossly estimated that 215 million children are involved in child labour in the world. And 115 million of them are in hazardous work. The child labourers…


राजेन मानन्धर

पृष्ठभूमि :
अफगानस्तान भन्ने देश एशियाको दक्षिण पश्चिममा पाकिस्तान र इरानको बिचमा पर्दछ । ६५२,००० वर्ग किलोमिटर क्षेत्र भएको यो देश नेपाल सदस्य भएको दक्षिण एशियाली सहयोग संगठन (सार्क)को सदस्य राष्ट्र हो । मध्यपाषणयुगदेखि मानव सभ्यताको विकास भएको भनिएको यस देशलाई रेशममार्गले मध्यपूर्व र एशियामा अन्य देशहरुसँग जोडिएको । आजभन्दा ५० हजार वर्ष अगाडि नै बसोबास भएको अनि यहाँका कृषकअरु संसारकै प्राचिन कृषि सभ्यताका निर्माता पनि भनिन्छ । यहाँको सभ्यतालाई मिश्रको सभ्यताजतिकै पुरानो भनेर पनि भनिन्छ । महान् एलेक्जेन्दरदेखि लिएर मंगोल, ब्रिटिश, सोभियत, मुस्लिम र अहिले पश्चिमी शक्ति हुँदै विभिन्न समयमा विभिन्न राज्य वा साम्राज्य शक्तिको हातमा पर्न गएको…


राजेन मानन्धर

बौद्ध समाजमा विशेष गरी थेरवाद वृतमा जति सुनाएपनि नकसिने र सुनुं सुनुं लाग्ने दुईवटा कथाहरु छन् । एक प्रसंगमा बुद्ध भन्नुहुन्छ, जबसम्म मेरो शासनमा भिक्षु, भिक्षुणी, उपासक र उपासिकाहरु धर्ममा सक्षम हुँदैनन् तबसम्म म परिनिर्वाण हुन्न । अर्को प्रसंगमा बुद्ध भन्नुहुन्छ, भिक्षु, भिक्षुणी, उपासक र उपासिका भनेका एक रथका चारवटा पाङ्ग्रा हुन् । हृदयस्पर्शी यी प्रसंग वा कथाहरुका साहित्यिक, भाषिक, प्रतीकात्मक र समाजशास्त्रीय अर्थ बिभिन्न होलान् । यसको प्रशंसा त धेरै भयो तर यसमध्ये एउटा पाङ्ग्रा कहाँ छ भनी सोध्यो भने जवाफ पाउन मुश्किल हुन्छ ।

कुरा भिक्षुणीहरुको हो । बौद्धविद्वानहरुले प्रजापति गौतमीले प्रवज्या प्राप्त गर्न गर्नुभएको अनुरोध…


राजेन मानन्धर
भगवान बुद्ध जन्मनुभएको देश नेपालमा बुद्धधर्मको अवस्था उत्साहप्रद नभएतापनि विश्वका थुप्रै देशहरुमा बुद्धधर्म विभिन्न किसिमले फैलिरहेको छ । इतिहासका विभिन्न कालक्रममा बुद्धधर्म विश्वका विभिन्न ठाउँमा पुग्यो । कुनै ठाउँमा भगवान बुद्ध आफैले लानुभयो, उहाँका शिष्य अथवा उपासकहरुले पनि लिएर गए अनि एशियाका विभिन्न ठाउँमा सम्राट अशोकका धर्मदुतहरुले लगे । त्यसपछिको लामो समयमा बुद्धधर्म धेरै प्रचार हुन पाएन । गएको २५ सय वर्षमा थुप्रै बौद्ध देशहरुमा बुद्धधर्मको नामोनिशान मेटियो भने अहिले आएर विशेष गरेर गत एक अथवा दुइ शताब्दीमा त्यस्ता देशहरुमा बुद्धधर्मले प्रवेश पायो जहाँ पहिले बुद्ध र उहाँको धर्मको बारेमा कुनै जानकारी पनि गएको थिएन ।

इतिहासको कुरा…


राजेन मानन्धर

नेपालभित्र बोलिने एक सय भन्दा बढी विभिन्न भाषाहरुको आआफ्नै इतिहास र विशेषता छन् । ती सबै भाषाहरु नेपालका सम्पदा हुन्, गौरव हुन् । ती मध्ये एउटा भाषा भनेको नेपालभाषा हो, जसलाई आजभोलि बोलिचालीमा नेवारभाषा वा नेवाः भाय् भनिन्छ । यहाँ यसै भाषाको साहित्यको बारेमा र विशेष गरेर यसको काव्ययात्राको बारेमा चर्चा गरिनेछ ।

१ पृष्ठभूमि
१.१ नेपालभाषा

भाषा वैज्ञानिकहरुले नेपालभाषालाई भोट बर्मेली भाषा परिवारका केही लिखित परम्परा भएका भाषाहरुमध्ये एक भाषा भनेर स्वीकार गरेकाका छन् ।

नेपालभाषा नेपालका केही लिखित इतिहास भएका पुराना भाषाहरु मध्ये एक हो । तर पनि यो कति पुरानो भनेर यकिन भन्न सजिलो छैन…


राजेन मानन्धर

संसारको इतिहासमा भगवान बुद्धको जन्म एउटा यस्तो एक अद्भुत संयोग थियो कि आज २५०० वर्ष पछाडि पनि मानिसहरु अचम्म छन् कि उनी एक जना व्यक्ति नै थियो र जसले संसारलाई यति धेरै कुरा दिएर गयो ? …


राजेन मानन्धर

बौद्धहरुलाई सर्वत्र शान्तिप्रेमी र अहिंसावादी मानिसहरुको रुपमा चित्रण गरिन्छ, जुन एक हदसम्म सही पनि हो । तर मानवीय स्वभाव अलग हुन्छ, अनि राजनीति र सत्तासँग जोडेर हेर्ने हो भने त्यहाँ बौद्ध आदर्शको अवमूल्यन भएको अवस्था पनि भेटिन सक्छ । केही महिनादेखि हामीले बौद्धहरुको देश भनेर श्रद्धा र गौरव गर्ने म्यानमारमा चलिरहेको हिंसात्मक द्वन्द्वले विश्वका बौद्धहरुको ध्यान आकृष्ट गरेको छ । त्यहाँ भएको गतिविधिले अबौद्धहरुलाई तिमी बौद्धहरु त यस्तो भनेर अर्धसत्यमा टेकेर खिसिट्युरी गर्ने अवसर दिइरहेको छ । यस लेखमा म्यानमार (जसलाई पहिले बर्मा भनिन्थ्यो), त्यहाँका बौद्धहरु र अहिले सत्ताको लागि त्यहाँ भइरहेका गतिविधिहरुलाई संक्षिप्तमा नियाल्ने प्रयास गरिन्छ ।…


राजेन मानन्धर
भगवान बुद्ध नेपालमा जन्भमुभयो र २९ वर्ष यहीँको हावापानीसँगै हुर्कनुभयो तर उहाँले अभिनिष्क्रमण गरेर गइसक्नुभएपछि उहाँको सम्पूर्ण जीवन भारतकै विभिन्न स्थानमा बित्यो । त्यस्तै उहाँले आफ्नो ज्ञान पनि यही भूमिमा बाँड्नुभयो । त्यसले त भारतका राजनीतिक सामाजिक नेताहरु पनि बेलामौकामा बुद्ध भारतको भनी गर्व गर्ने गर्छन् । तर यथार्थमा हेर्दा भारतमा नै बुद्धधर्मले हजारौं वर्षदेखि हिन्दु तथा मुस्लिम धर्मावलम्बीहरुको विभिन्न प्रकारका प्रहारहरु सहनु परेको देखिन्छ । उनीहरुले भारतबाट बुद्धधर्मलाई निमिट्यान्न पार्न राजनीतिक, धार्मिक र सामाजिक दाउपेचहरु चलाए ।

इतिहासले यही भन्छ, कि उनीहरुले धर्म र दर्शनबाट बुद्धधर्मलाई गलत साबित गर्न नसकेपछि त्यहाँका बौद्ध स्मारकहरुमा आक्रमण गरे । कतै…


राजेन मानन्धर
नेपाल जातीय, भाषिक, साँस्कृतिक तथा धार्मिक कोणबाट विविधताले भरिएको देश हो । यहाँ विभिन्न जातजातिका मानिसहरु बस्छन्, विभिन्न भाषाहरु बोलिन्छन्, विभिन्न संस्कृतिहरुको सहअस्त्वि छ र त्यस्तै मानिसहरु विभिन्न धर्म अपनाउँछन् । त्यसमध्ये काठमाडौं उपत्यकाका आदिवासी नेवारहरुको आफ्नै स्थान छ । उनीहरु विभिन्न दृष्टिकोणबाट वैदिक वा वर्णाश्रम वा हिन्दुधर्म मान्नेहरु भन्दा फरक छन् । अहिले यहाँ नेवाररुको समाजमा पाइने महिला समानता र महिला स्वतन्त्रताको बारेमा संक्षेपमा चर्चा गरिने छ ।

नेवारहरुको धर्र्म, संस्कृतिको अध्ययन अनुसन्धान गर्ने विद्वानहरु भन्छन् नेवार समाजमा महिलाहरुको ठुलो स्थान छ, हामीकहाँ महिलाहरुलाई दमन गर्ने चलन छैन, अझ हाम्रो समाजमा महिलाहरु नै निर्णयकर्ता हुन्छन्, आदि इत्यादि…


राजेन मानन्धर

भगवान बुद्धको जन्म भएको स्थल लुम्बिनी उद्यान हो । यस्तो हामीले पढ्दै र सुन्दै आएका छौं । त्यस पछाडि जहाँ जहिले जसले भगवान बुद्धको जन्मेको ठाउँको बारेमा उल्लेख गरेका छन् सबैले त्यस स्थानलाई उद्यान नै भनेका छन् ।

नेपालको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा अवस्थित बुद्धको जन्मस्थल भनेर विभिन्न बौद्ध साहित्यहरूमा लुम्बिनी नाउँको एउटा उद्यानलाई चिनाइएको छ । इपू २४९मा मौर्य सम्राट अशोक भगावन बुद्धको खोजी गर्दै लुम्बिनीसम्म आए । उनले यस पवित्रस्थलको तीर्थाटन गरे र यसको संस्मरणमा स्तम्भ नै राखेर गए । उनले कति टाढादेखि स्तम्भ ल्याएर खडा गराए तर यो भूमि उद्यानकै रुपमा मात्र रह्यो । इस्वीको…

Razen Manandhar

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.

Get the Medium app

A button that says 'Download on the App Store', and if clicked it will lead you to the iOS App store
A button that says 'Get it on, Google Play', and if clicked it will lead you to the Google Play store